चुनावको मिति नजिकीदै गर्दा देशका विभिन्न स्थानहरुमा सुरक्षा चुनौती देखिएको छ ।
संविधान सभाजस्तो महान पर्वका बेलामा पनि जनताले आफुले चाहेको नेता तथा कार्यकर्तालाई मताधिकारको प्रयोग गरि जिताउने वा जितेका व्यक्तिहरुको सहभागितामा जनताको प्रत्यक्ष वोलि वोलेर संविधान सभाको चुनाव गरिने यस्तो कार्यका लागि अहिले सामान्य जटिलता थपिदै गएको देखिएको छ ।
यसपालिको चुनाव सवै आम जनताको हक र अधिकार सुनिश्चित गर्ने महत्वपुर्र्ण पाटो हो । देशमा विद्यमान रहेको राजनीतिक अस्थिरता र लामो द्धन्द्धपछिको आशा गरिएको शान्ति प्रक्रिया समेत यतीवेला अन्यौलमा परेको छ नेताहरुले जानी नजानी वा अरुकै ईशरामा लागेर संविधान सभाको भंग गरेपश्चात देशमा पुनः अराजकता , भ्रष्टाचार, सिमा अतिक्रमण लगायतका गतिविधीहरुले प्रशय पाएका छन् । राष्ट्रियता दिनप्रतिदिन खतरामा पर्दै गएको छ । यि र यस्ता धेरै बिषयहरुको दिगो समाधानका लागि नेपाल र नेपालीहरुको आफ्नो मौलिकतामा आधारित संविधान निर्माण गर्नको लागि देस्रो पटक हुन लागेको संविधान सभाको चुनाव निकै आवश्यक छ ।
कतिपय आफ्नो अभिष्ट पुरा गर्नको लागि मात्रै भनेर चुनावमा भाग नलिएको नेकपा माओवादी सहित अन्य साना दलहरुको समूहले अहिले चुनाव विरोधी गतिविधीहरुलाई बढाएपछि सुरक्षा चुनौती समेत थपिदै गएको छ ।
यसका लागि सरकार वा अन्य दलहरुले सहजता वा कडा सुरक्षा एउटा निर्णयमा पुग्नुपर्ने देखिन्छ ।स वा प्रीति फन्टमा भएका अक्षरहरु यहाँ पेस्ट गर्नुहोस् ।





